तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु
शुक्रबार, १५ चैत २०८१, १३ : ४८

दाङ । भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ ।
सोही दुर्घटनामा परि गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए ।
अन्य दुई जनाको पहिचान हुन बाँकी छ । अन्य दुई जना पनि तुलसीपुर निवासी नै रहेको वडाध्यक्ष जिसीले बताउनुभयो । गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ । गाडीमा सवार अन्य पाँच जना घाइते छन् । उनीहरुको भारतमै उपचार भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित