महिला जनप्रतिनिधि क्षमता अभिवृद्धि गर्ने जरुरी छः मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने गरी महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताएका छन् ।
लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिहरूको अन्तरसंवाद कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले महिलाहरूलाई समानुपातिकभन्दा पनि प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत प्रतिस्पर्धा गरेर अघि बढ्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।
आचार्यले तथ्याङ्कका हिसाब हेर्दा मातृ मृत्युदर, बाल मृत्युदर अन्य प्रदेशको तुलनामा उच्च छ । कुपोषण पनि बढ्दो रहको बताउँदै यी समस्या समाधान गर्न तीन तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
प्रदेशमा कुपोषण अन्त्यका लागि पोषण विशेष कार्यक्रम सुरू गरिएको बताउँदै उनले लुम्बिनी प्रदेशमा तीन तहका जनप्रतिनिधिहरूलाई एकै थलोमा भेला गराएर प्रदेशको समृद्धिमा योगदान पुर्याइएको बताए ।
काम गर्ने क्रममा देखापरेका समस्यालाई सहकार्यबाट समाधान गर्न सकिने उल्लेख गर्दै कानुनी जटिलता फुकाउन प्रदेश सरकारले ध्यान दिने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाैरीघाटकाे बाढी बढ्दै, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइ
-
देउवा पक्षीय नेतालाई चन्द्र भण्डारीले भने, ‘डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बहस गर्नुस्’
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द
-
यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण