नागार्जुन नगरपालिकामा गाडी पल्टियो, एक जनाको मृत्यु
आइतबार, १७ चैत २०८१, ०७ : ४०
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिकै गएराति भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौँ आउँदै गरेको प्र ३ –०१–०२४ च ८३२२ नम्बरको खसी बोका बोकेको टाटा गाडी साइड दिने क्रममा रोडबाट अन्दाजी ४ सय मिटर तल खसेको थियो ।
राति ८ः ५० बजे दुर्घटना भएकोमा उपचारको लागि अस्पताल पुर्याइएका गोरखाका ५० वर्षीय गोकुल पाण्डेको राति १०ः२२ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले रातोपाटीलाई बताए ।
सो दुर्घटनामा गोरखाका ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण