तीनकुनेमा भेला भएर मोटरसाइकल र्याली निकाल्दै एमाले
सोमबार, १८ चैत २०८१, ०९ : ५५
_FsrVggwf6l.jpg)
काठमाडौँ । नेकपा एमालेले आज सोमबार देशभरका जिल्ला सदरमुकामसहित प्रमुख सहरहरूमा मोटरसाइकल र्याली निकाल्दै छ । गणतन्त्रका पक्षमा सचेतना फैलाउन मोटरसाइकल र्यालीको आयोजना गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
काठमाडौँ उपत्यकाको हकमा संयुक्त रूपमा मोटरसाइकल र्याली निकाल्ने एमालेले जनाएको छ । बेलुका चार बजे तीनकुनेमा जम्मा भएर र्याली निकाल्ने तयारी गरेको एमाले नेताहरूको भनाइ छ ।
‘प्रतिगमनको दुष्प्रयासलाई नाकाम बनाऔँ । लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौँ’, महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत सोमबार बिहानै आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते
-
अर्थमन्त्री पौडेलले संसद्मा दिएको जवाफमा सांसद बस्नेत असन्तुष्ट
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित