तीनकुनेमा भेला भएर मोटरसाइकल र्याली निकाल्दै एमाले
सोमबार, १८ चैत २०८१, ०९ : ५५
काठमाडौँ । नेकपा एमालेले आज सोमबार देशभरका जिल्ला सदरमुकामसहित प्रमुख सहरहरूमा मोटरसाइकल र्याली निकाल्दै छ । गणतन्त्रका पक्षमा सचेतना फैलाउन मोटरसाइकल र्यालीको आयोजना गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
काठमाडौँ उपत्यकाको हकमा संयुक्त रूपमा मोटरसाइकल र्याली निकाल्ने एमालेले जनाएको छ । बेलुका चार बजे तीनकुनेमा जम्मा भएर र्याली निकाल्ने तयारी गरेको एमाले नेताहरूको भनाइ छ ।
‘प्रतिगमनको दुष्प्रयासलाई नाकाम बनाऔँ । लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौँ’, महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत सोमबार बिहानै आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण