भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते
सारांश
- भारतको अमरोहा जिल्लास्थित पटाका फ्याक्ट्रीमा भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ र नौ जना घाइते भएका छन्।
- विस्फोटका कारण फ्याक्ट्रीको भवन र छाना भत्किएको थियो, जसमा दुई जनाको अवस्था गम्भीर छ र उनीहरूलाई थप उपचारका लागि रेफर गरिएको छ।
- प्रहरी र प्रशासनिक अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् र उद्धार कार्य जारी छ, जसमा अधिकांश मृतक र घाइते महिला छन्।
बिजनौर । भारतको अमरोहा जिल्लास्थित अतरासी गाउँको जङ्गली क्षेत्रमा सञ्चालित एक पटाका फ्याक्ट्रीमा सोमबार अचानक विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
यो शक्तिशाली विस्फोटका कारण फ्याक्ट्रीको भवन र त्यसको टिनको छाना भत्किएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई थप उपचारका लागि मुरादाबादको उच्चस्तरीय स्वास्थ्य केन्द्रमा रेफर गरिएको छ । बाँकी घाइतेहरूको अमरोहास्थित अस्पतालहरूमा उपचार भइरहेको छ ।
प्रहरी र प्रशासनिक अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् र भग्नावशेषमा पुरिएका कामदारहरूलाई बाहिर निकाल्न उद्धार कार्यमा जुटेका छन् । मृतक सबै महिला भएका अधिकांश घाइते पनि महिला नै दुर्घटनास्थलमा खटिएका प्रहरीले बताएका छन् ।
विस्फोटको ठुलो आवाज गाउँलेहरूले सुनेर प्रहरीलाई खबर गरेका थिए । भवनको भग्नावशेषमा एक दर्जनभन्दा बढी मजदुर पुरिएपछि गाउँलेहरूमा रुवाबासी चलेको थियो ।
सूचना पाएलगत्तै स्थानीय प्रहरी र दमकल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिई उद्धार थालेका थिए । मृतक र घाइतेहरूलाई भग्नावशेषबाट बाहिर निकालिएको थियो । चार महिला मजदुरको घटनास्थलमै मृत्यु भएको घाइतेहरूको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।
पटाका प्याकिङ र उत्पादन गर्ने यो फ्याक्ट्री एउटा खेतमा दुई वटा भवनमा सञ्चालित छ । जसमध्ये एउटा भवनमा विस्फोट भएको हो । अमरोहाकी जिल्ला मजिस्ट्रेट निधि गुप्ता वत्स र प्रहरी उपरीक्षक अमित कुमार आनन्द घटनास्थल पुगेर विस्फोट भएको ठाउँको निरीक्षण गरेका थिए ।
अमरोहाका प्रहरी उपरीक्षक अमित कुमार आनन्दका अनुसार बिहान करिब ११ बजेर ५० मिनेटतिर विस्फोटको खबर आएको र प्रहरी र दमकल तुरुन्तै घटनास्थल पुगेको थियो । विस्फोटको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण