बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
कञ्चनपुर । बेलौरी नगरपालिका-२ टेढुवा गाउँबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटेबाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिने भएको छ ।
वन प्राविधिकको टोलीले आइतबार गहुँ खेतबाट पाटेबाघलाई डार्ट (बेहोस) गरेर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको बाघलाई डिभिजन वन कार्यालय कञ्चनपुरको संरक्षणमा राखिएको छ ।
‘नियन्त्रणमा लिएर संरक्षणमा राखिएको बाघको स्वास्थ्य परीक्षणको कार्य गर्दा स्वस्थ देखिएको छ’, डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले भने, ‘घाउ चोटपटक पनि छैन, बाघ तन्दुरुस्त छ ।’ यथाशीघ्र निकुञ्जको कोर एरिया (भित्री भाग)को सुरक्षित स्थानमा छाड्ने तयारी भइरहेको उनले बताए ।
डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषको १२ जनाको प्राविधिक टोलीले दुई वटा हात्तीको सहायताले बाघलाई नियन्त्रणमा लिएको हो । बस्तीबीचको गहुँ खेतमा पसेको बाघलाई खोज्न ड्रोन क्यामेराको सहायता लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण