सवारी दुर्घटनामा तीन जनाको मृत्यु
मङ्गलबार, १९ चैत २०८१, १२ : ४१

काठमाडौँ । डोटी, सिराहा र कैलाली जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
- डोटी, दिपायल सिलगढी नगरपालिका-१ तिखास्थित सडकमा दिपायलबाट आदर्शतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ च ४११८ नम्बरको बोलेरोबाट खसेर बोलेरोमा सवार सोही नगरपालिका-२ कुचेडा बस्ने ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको सोमबार साँझ मृत्यु भएको छ । बोलेरोबाट खसेर गम्भीर घाइते भएका उनको शैलेश्वरी अस्पताल दिपायलमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- सिराहा, धनगढीमाई नगरपालिका-११ स्थित सडकमा धनगढीबाट शान्तिपुरतर्फ जाँदै गरेको को.१ च ८६१२ नम्बरको एम्बुलेन्सको ठक्करबाट पैदलयात्री हाल वतन नखुलेकी ४० वर्षीया वविता यादवको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको आरके मेडिसिटि अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- कैलाली, बर्दगोरिया गाउँपालिका-२ दोघरास्थित सडकमा से.४ प ३५२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक लम्कीचुहा नगरपालिका-१० बस्ने २४ वर्षीय अनिष चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दगोरिया अस्पताल प्रालि बौनियामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव
-
युके पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ