युवराजले अस्ट्रेलियामा नचाए दर्शक
काठमाडौँ । लोकप्रिय गायक युवराज चौलागाईले अस्ट्रेलियाको तास्मानियास्थित होबार्टमा दर्शक नचाएका छन् । एनआरएनको आयोजना रहेको ‘नेपाल फेष्टिभल टुर २०२५’ नामक कार्यक्रममा उनले आफ्नो लोकप्रिय गीतसंगीतबाट दर्शक नचाएका हुन् ।
खचाखच दर्शकले भरिएका हलमा उनले आफ्ना चर्चित ५ नेपाली गीत प्रस्तुत गरेका थिए । फिल्मी गीत ‘तिम्रा डोला डोला हातमा’ आफ्नो प्रस्तुति सुरु गरेका उनले ‘टुङ्गुनाको धुनमा’, ‘तिमीलाई के भनौ’, ‘अरु तिम्रो माया’ हुँदै ‘सिरफूले माया’ गाउँदै साङ्गीतिक प्रस्तुतिको बिट मारेका थिए । उनका प्रत्येक प्रस्तुतिमा दर्शक दिर्घबाट वान्समोरको हुटिङ बर्सिएको थियो ।
अस्ट्रेलियाको विभिन्न ठाउँमा आयोजना भएको ‘नेपाल फेष्टिभल टुर २०२५’का लागि केही अगाडि अस्ट्रेलिया पुगेका उनले तास्मानिया कार्यक्रम अगाडि अगाडि स्टेज ८८ कमनवल्र्कपार्क क्यानबेरामा पनि संगीतिक प्रस्तुति दिएका थिए ।
उनको अर्को कार्यक्रममा आगामी आइतबार ब्रिसबिनमा आयोजना हुनेछ । त्यसपछि पनि अस्ट्रेलियाको केही स्थानमा नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुने कार्यक्रममा उनी सहभागी हुनेछन् । त्यसपछि मात्र आफु नेपाल फर्किने गायक चौलागाइले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण