त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृतलाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग
मङ्गलबार, १९ चैत २०८१, १५ : २२
काठमाडौँ । प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृतमाथि मसी प्रहार गर्नेमाथि कारबाही गर्न माग गरेको छ ।
सोमबार स्ववियु निर्वाचनका विषयमा छलफल गर्न बसेको बैठकमा निर्वाचन अधिकृत सहप्राध्यापक डाक्टर अंगतमणि गौतममाथि मसी प्रहार गरिएको थियो । उक्त घटनामा संलग्नलाई कडा कारबाही गर्न संघले माग गरेको हो ।
स्ववियु निर्वाचनको विषयलाई लिएर नेविसंघका बागी उम्मेदवार श्रीधर श्रेष्ठ र स्वतन्त्र उम्मेदवार विवेक बानियाँले कालाे मसी प्रहार गरेको आरोप छ ।
त्रिचन्द्रमा आजका लागि स्ववियु निर्वाचन तोकिएको छ भने मतदान जारी छ। यहीबिचमा निर्वाचन अधिकृत गौतममाथि अभद्र व्यवहार गरेको भन्दै संघले आपत्ति जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण