भुँइचालो गएको यतिका दिनपछि पनि म्यानमारमा ढल्दैछन् घरहरू
मन्डले । म्यानमारमा शक्तिशाली भूकम्प गएको थुप्रै दिन भइसकेको छ । तर यतिका दिनपछि पनि त्यहाँ घरहरू ढल्ने क्रम जारी छ । यसका कारण भग्नावशेषबाट जीवित उद्धार गर्ने प्रयासमा खलल उत्पन्न भइरहेको बताइएको छ ।
पाँच दिनअघि गएको ७ दशमलव ७ म्याग्निच्यूडको भूकम्पमा परेर अहिलेसम्म म्यानमारमा २ हजार ७०० भन्दा धेरैको मृत्यु भइसकेको म्यानमारको जुन्ता सरकारले भनेको छ । हजारौँ घाइते भएका छन् भने सयौँ बेपत्ता छन् । यसको अर्थ मृत्यु हुनेको संख्या अझै बढ्नेछ ।
बुधबार म्यानमारको अग्नि सेवा विभागले फेसबुकमा एउटा भिडियो शेयर गरेको थियो । यसमा राजधानी नेपितामा सय घण्टापछि उद्धारकर्मीहरूले भग्नावशेषबाट मान्छेलाई जीवित उद्धार गरेको देखिएको थियो । एक दिनअघि पनि उद्धारकर्ताहरूले ६२ वर्षीय महिलालाई राजधानीमा जीवितै उद्धार गरेका थिए । तर पराकम्पहरूm आउने क्रम जारी रहँदा भूकम्पले थङथिलो भएका भवन तथा संरचनाहरू भत्किरहेका छन् ।
सोमबार भूकम्पको केन्द्र बिन्दु मन्डले नजिक दुई होटल ढलेका थिए । बारम्बार पराकम्प गइरहेकोले पनि मानिसहरू मरिरहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रममा म्यानमारका निर्देशक माइकल डनफोर्ड भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण