प्रत्युत्तरपत्रसहित उपस्थित हुन एन्फा महासचिव राईको नाममा अदालतको म्याद
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले दर्ता गराएको गाली बेइज्जती मुद्दामा काठमाडौँ जिल्ला अदालतले एन्फाका वर्तमान महासचिव किरण राईको नाममा म्याद तामेल गरेको छ ।
महासचिव राईले सार्वजनिक रुपमा आफ्नो चरित्र हत्या गर्ने काम गरेको दाबीसहित थापाले काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका थिए । सोही मुद्दामा काठमाडौँ जिल्ला अदालतले राईको नाममा म्याच तामेल गरेको हो ।
थापाद्वारा बिहीबार जारी प्रेसविज्ञप्तिमा उल्लेख भएअनुसार, काठमाडौँ जिल्ला अदालतले राईलाई ३६ दिनभित्र प्रत्युत्तरसहित आफै वा वारेसलाई अदालतमा उपस्थित हुन म्याद तामेल गरेको छ । एन्फाका कर्मचारी सन्तराम राईले महासचिव राईको नामको म्याद बुझेको बताइएको छ ।
एक टेलिभिजन अनतरवार्ताका क्रममा एन्फा महासचिव राईले आफूमाथि गम्भीर आरोपहरु लगाएको दाबी पूर्वअध्यक्ष थापाले गरेका छन् । अन्तरवार्ताका क्रममा एन्फाको १७ करोड रुपैयाँ थापाले हिनामिना गरेको आरोप महासचिव राईले लगाएका थिए ।
अन्तरवार्ताका क्रममा महासचिव राईले आफूमाथि मानसिक सन्तुलन गुमाएको जस्तो गम्भीर आरोप लगाएको दाबी पनि थापाले गरेका छन् । यस विषयमा आफूले नेपाल प्रहरीको साइबल ब्यूरोमा समेत महासचिव राईविरुद्ध उजुरी दर्ता गराएको थापाले जनाएका छन् । पूर्वअध्यक्ष थापाले दोषी ठहर भए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको पनि जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण