नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तीव्र
विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तीव्र पारिएको छ । बिहीबार बसेको महानगर कमिटी सचिवालय बैठकले विभिन्न ९ वटा समिति बनाएर अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
वैशाख २ र ३ गते हुने अधिवेशनका लागि चैत्र २८ गते एकैदिन एकै समयमा भूगोलका प्रतिनिधि चयन गर्ने निर्णय गरेको बैठकले जन संगठनहरुको प्रतिनिधि चयन चैत्र २९ गते गर्ने महानगरका सचिव बलराम गिरीले बताए । उनका अनुसार महानगरका अध्यक्ष रोहित कोइरालाको संयोजकत्वमा महानगर कमिटी तथा वडा कमिटीका अध्यक्ष र सचिव रहने गरी २५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
यस्तै सचिव बलराम गिरीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, प्रवक्ता राम पोखरेलको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन भएको छ । आर्थिक उपसमितिको संयोजकमा मनोजविक्रम साह र सहसंयोजकमा सीएम श्रेष्ठ रहेका छन् भने प्रकाश पोखरेलको संयोजकत्वमा स्वयंसेवक उपसमिति बनाइएको छ । राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन लेखन उपसमितिको संयोजक अध्यक्ष कोइराला र अतिथि सत्कार उपसमितिको संयोजकमा उपाध्यक्ष सुनिता श्रेष्ठ रहेका छन् ।
यस्तै सचिवालय सदस्य राम पाण्डेको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन गरिएको छ भने खाद्यान्न तथा आवास उपसमितिको संयोजकमा भोला बराल रहेका छन् । बैठकपछि अध्यक्ष कोइरालाले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न महानगरको सिङ्गो टिमलाई नै विभिन्न जिम्मेवारीका साथ परिचालन गरिएको जानकारी दिए । उनले प्रतिनिधि चयन पनि सबैको प्रतिनिधित्व हुने गरी व्यवस्था मिलाइएको बताए ।
उनका अनुसार भूगोलबाट हरेक १५ जना सङ्गठित सदस्य बराबर १ जना हुनेगरी प्रतिनिधि चयन हुनेछन् । यस्तै ३ जना प्रतिनिधि बराबर एक जना महिला अनिवार्य रहेको उनले बताए ।
यस्तै कुल प्रतिनिधिको २० प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गरिएको छ भने सीमान्तकृत, दलित, मुस्लिम, अल्पसङ्ख्यक, मारवाडी प्रतिनिधित्व समेत सुनिश्चित हुने उनले बताए ।
नेकपा एमाले मोरङका सचिव सोमराज थापाले नेकपा एमाले जत्तिको व्यवस्थित, अनुशासित पार्टी कुनै नभएको भन्दै महानगरको दोस्रो अधिवेशनले अभूतपूर्व एकताको सन्देश दिएर सम्पन्न हुने विश्वास व्यक्त गरे । एमाले नेतृ तथा विराटनगर महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले व्यक्तिलाई नभई पार्टीलाई अघि बढाउने गरी अघि बढ्न आग्रह गरिन् । उनले पार्टीभित्र व्यक्ति केन्द्रमा राखेर राजनीति भइरहेको भन्दै त्यसले सिङ्गो पार्टीलाई क्षति पुग्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण