सवारी दुर्घटनामा दुई जनाको मृत्यु
बिहीबार, २१ चैत २०८१, १३ : ५३
काठमाडौँ । रौतहट र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
- रौतहट, गुजरा नगरपालिका-४ पोखरभिण्डास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलबाट खसेर सोही नगरपालिका-६ खतबैया बस्ने अफरोज अंसारीको छोरा १४ वर्षीय सैफुल्लाह अंसारीको बुधबार राति मृत्यु भएको छ । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको गण्डक हस्पिटल वीरगन्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- झापा, झापा गाउँपालिका-३ झाटीस्थित सडकमा झाटीबाट कामाटोलीतर्फ आउँदै गरेको मे.१ त ४१०७ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ६० वर्षीय रमेश हस्ताको बुधबार साँझ मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण