तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले कार्यक्रम हुनुपूर्व नै सरकारको तर्फबाट अश्रुग्याँस र हवाई फायर भएपछि आन्दोलनकारीहरू बिथोलिएको जिकिर गरेका हुन् ।
उनले मञ्चमा कार्यक्रम गर्न नदिई आन्दोलन बिथोल्ने काम सरकारबाट भएको बताए । लोकतन्त्रमा सबै किसिमका विचार बोक्नेहरूले स्वतन्त्रतापूर्वक आफ्ना धारणा राख्न पाउनुपर्ने बताए । सांसद शर्माले पार्टीहरू मिलेर जनतामाथि दमन गरेको बताए । तीनकुने घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरे ।
सरकारले फायर खोलेको भन्दै उनले सरकारले नै घटनाको जिम्मेवारी लिनुपर्ने बताउनु भयो । शान्तिपूर्ण रूपमा आमसभा गर्ने अधिकारलाई सरकारले बन्देज लगाएको उनको आरोप छ ।
उनले भने, ‘स्टेजमा बसेर कार्यक्रम गर्नै नदिईकन, मान्छेलाई बोल्नै नदिईकन, अनि सरकारले अश्रु ग्याँस हानेको छ । ७ सय ४६ वटा अश्रुग्याँस पड्काउने, १९२ वटा छर्रा पड्काउने, ब्ल्याङ्क फायर गर्ने, हवाई फायर ५८, २ राउण्ड पेस्तोलको गोली वा आँखाले ट्याक्कै मल्टिपल भिडियोहरू तपाईँले कलेक्सन गरेर हेर्नुस् । एउटा कुरा निश्चित रूपमा देखिन्छ की स्टेजमा कार्यक्रम गर्न दिइएको छैन । हामी लोकतन्त्रवादी हौँ । सत्य के हो भने लोकतन्त्रवादी भनिरहँदा लोकतन्त्र भनेकै एउटा त्यस्तो गार्डेन, नर्सरी, जहाँ फरक—फरक खालका विचारहरू स्वतन्त्रतापूर्वक फुल्न पाउनुपर्छ । चाहे त्यो राजावादी होस्, चाहे माओवादी, काँग्रेस वा अर्को पार्टी । कुनै पनि विचार हातमा हतियार नकिन राखिने विचारलाई स्वागत गर्नुपर्छ । स्टेज बनाएको ठाउँमा कार्यक्रम गर्न नदिने । अनि जनतालाई गरिखान नदिने ।’
सांसद शर्माले आक्रान्त जनताका माग सम्बोधन नगरीकन लोकतन्त्रको नाममा अश्रुग्याँस हानिएको बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई सरकारले शक्तिको दुरुपयोग गरेर हतकडी लगाएर थुनेको बताए ।
यसबारेमा राप्रपा वा पूर्वराजा ज्ञानेन्द्र शाहसँग छलफल गर्नुपर्ने उनको माग छ। नेता द्वय लगायतका आन्दोलनकारीहरूलाई बिना सर्त रिहा गर्न माग पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
-
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार