काठमाडौँको प्रदूषण नियन्त्रण गर्न हप्ताको दुई दिन सार्वजनिक बिदा दिन सुझाव
काठमाडौँ । वातावरण प्रदूषणको हालको अवस्थाबारे सहरी विकास मन्त्रालयमा छलफल भएको छ । प्रदूषण बढिरहेका बेला यसलाई कसरी रोक्ने र असर कम गर्ने विषयमा सरोकारवाला र विज्ञहरूसँग कार्यवाहक प्रधानमन्त्री समेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले बिहीबार छलफल गरेका हुन् ।
छलफलमा विज्ञहरूले प्रदूषण कम नहुँदासम्म हप्ताको दुई दिन सार्वजनिक बिदा दिन र जोर–बिजोर गरेर सवारी साधन चलाउन सरकारलाई सुझाव दिएका छन् । यस्तै सडक र अन्य आयोजना निर्माण गर्दा पनि अनिवार्य रूपमा प्रदूषणसम्बन्धी शुल्क तिर्ने व्यवस्था गरिनुपर्ने समेत विज्ञहरूले सुझाव दिएका छन् ।
छलफलमा बोल्दै सिंहले उद्योगधन्दा कलकारखाना लगायत अन्य पूर्वाधार निर्माणका कारण बढ्दै गएको प्रदूषण रोक्न पहल गर्ने बताए । जसका लागि सम्बन्धित निकायसँग छलफल गरेर प्रदूषण न्यूनीकरण गरिने उनले बताए ।
‘पछिल्लो समय बढ्दो रूपमा रहेको प्रदूषण न्यूनीकरणका लागि सम्बन्धित निकायसँग छलफल गर्नुपर्नेछ ,’ सिंहले भने,‘अन्य निकायहरूको छलफल पछि मात्र प्रदूषण रोक्नेबारे निर्णय गर्ने छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण