अपहरणमा परेकी ७ वर्षीय बालिकाको उद्धार, एक जना पक्राउ
शुक्रबार, २२ चैत २०८१, १० : ३५
काठमाडौँ । सुनसरीबाट अपहरणमा परेकी बालिकालाई प्रहरीले कोशी व्यारेजको २६ नम्बर ढोकाको पुलमाथीबाट उद्धार गरेको छ । चैत २० मा अपहरणमा परेकी ७ वर्षीय ईशु सदालाई २४ घण्टामा अपहरण मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले रातोपाटीलाई बताए ।
आरोपीले बालिकालाई सुनसरीको कोशी गाउँपालिका वडा नम्बर–७ स्थित उनको घरबाट सिटी सफारीमा चढाएर कोशी ब्यारेजमा लगेका हुन् ।
अपहरणमा संलग्न आरोपमा प्रहरीले सप्तरीको कञ्चनपुर गाउँपालिका–१२ धरमपुर घर भएका जितेन्द्र साह (हलुवाई) लाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको रानीगञ्ज बस्ने साह र ईसुको परिवारको बिचमा चिनजान थियो । बालिकालाई फ्रुटी दिएर उनले सिटी सफारीमा चढाएर लगेको डीएसपी खतिवडाले बताए ।
तस्करीमा पनि संलग्न जितेन्द्र साह भारतमा नक्कली मदिराको कारोबार गरेको आरोपमा पक्राउ परेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
-
बेल्जियमलाई २–१ ले हराएर स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण