शिवम् सिमेन्टलाई कर्पोरेट एक्सिलेन्सी अवार्ड
काठमाडौं । नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले कर्पोरेट एक्सिलेन्सी अवार्ड प्राप्त गरेको छ। काठमाडौंमा आयोजित ISHWORIAL 17th Corporate Business Award 2025 कार्यक्रममा कम्पनीलाई सम्मान गरिएको हो।
सिमेन्टले गुणस्तर र व्यवस्थापनमा उच्च मानक कायम गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू जित्दै आएको छ। यसअघि कम्पनीले NS Quality Award-2019, Energy and Environment Efficiency Awards-2019, Best Managed Company of the Year-2022, Outstanding International Leadership Achievers Award-2023 (दुबई), महात्मा गान्धी राष्ट्रिय अभिनन्दन पुरस्कार-2023 (भारत), Organization Sales Excellence Award-2023, तथा 'Awards for Corporate Excellence-2024' (Manufacturing Category) लगायतका प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरिसकेको छ।
शिवम् सिमेन्टले ५३ ग्रेड र ४३ ग्रेडका ओ.पी.सी. सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। नेपालकै केन्द्र भागमा स्थापित यस उद्योगले अत्याधुनिक प्रविधिसहित उच्च गुणस्तरको सिमेन्ट उत्पादन गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण