बोकाले मनायो आफ्नो १२० औँ बार्सिकोत्वस, नयाँ जर्सी पनि सार्वजनिक

काठमाडौँ । विश्वकै सबैभन्दा पुरानो फुटबल क्लबमध्येको एक बोका जुनियर्सले आफ्नो १२० औँ वार्षिकोत्सव मनाएको छ । निकै लामो र गौरवशाली इतिहास बोकेको यो अर्जेन्टिनी क्लबले बिहीबार राति आफ्नो वार्षिकोत्सव मनाएको हो ।
बोका जुनियर्सको स्थापना सन् १९०५ को अप्रिल ३ तारिखमा भएको हो । १२०औँ वार्षिकोत्सवका अवसरमा क्लबले आफ्नो नयाँ जर्सी पनि सार्वजनिक गरेको छ । निलो रङको जर्सीमा सुनौलो रंगले क्लबले हासिल गरेको उपलब्धिहरुलाई दर्शाइएको छ ।
सामाजिक सञ्जालमार्फत बोका जुनियर्सले आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको हो । क्लबका वर्तमान खेलाडीहरुले पनि नयाँ जर्सीसहितको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । सेलेस्ट डस सान्तोष, जुलिएटा मार्टिनेज, मार्कोस रोजो, एडिन्सन काभानी, रोड्रिगो बटाग्लिया, अगस्टिन मास्चेसिन, लाउटारो ब्लान्को, विलियम्स अलार्कोन, एलन भेलास्को, एन्डर हेरेरालगायतका खेलाडी क्लबको नयाँ जर्सीसहित कार्यक्रममा उपस्थित भएका थिए ।
बोका जुनियर्सका पुरुष खेलाडीहरु आइतबार खेलिने बाराकस सेन्ट्रलविरुद्धको खेलमा नयाँ जर्सीसहित मैदानमा ओर्लने समाचारमा जनाइएको छ । विश्वकै सबैभन्दा पुरानो क्लबमध्येको एक बोका जुनियर्सले हालसम्म ७४ भन्दा बढी उपाधि जितिसकेको छ ।
हालसम्म कुनै पनि अर्जेन्टिनी क्लबले योभन्दा बढी उपाधि जित्न सकेको छैन । बोका जुनियर्सले २२ वटा ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि पनि जितिसकेको छ ।
विश्व फुटबलका सर्वकालीन महान खेलाडीमध्येका एक डिएगो म्याराडोना, हुवाँ रोमन रिक्वेलम, कार्लोस टेभेज, सिल्भियो मार्जोलिनी, वाल्टर सामुएल, मार्टिन पालेर्मोलगायतका प्रभावशाली खेलाडीहरुले पनि बोका जुनियर्सबाट व्यवसायिक फुटबल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
बर्खा नलाग्दै काभ्रेकाे पनौतीमा बाढी
-
प्रदेश युवा सम्मेलन : जिम्मेवार नेतृत्वका लागि युवापुस्ताले काउन्टर दिनुपर्छ
-
प्रदेश नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा एमालेको छलफल