सरकार विद्युत् प्राधिकरण र गभर्नरको पछि लागिरहेको छः हितराज पाण्डे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भीर त्रुटि भएको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन् । उनले प्रदर्शनकारीलाई आन्दोलनका लागि तीनकुने क्षेत्र नै किन दिइएको ? भन्दै प्रश्न समेत गरे । उनले अराजकता प्रदर्शन गराउन भूमिका खेल्ने मुख्य योजनाकार सार्वजनिक गर्न समेत माग गरे । उनले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नेभन्दा पनि विद्युत् प्राधिकरण र राष्ट्र बैंकको गभर्नरको पछि मात्र लागेको आरोप लगाए । उनले वर्तमान सरकार खालि सेटिङको पछि मात्र दौडिरहेको आरोप लाग्ने गरेको समेत टिप्पणी गरे ।
उनले आन्दोलनरत शिक्षक, मिटरब्याज पीडित र सहकारी पीडितहरूका समस्या समाधान गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह