राजावादी आन्दोलनका संयोजकलाई पुर्जी बिनै घरमा प्रहरी निगरानीमा राखेको पाइयो : आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले व्यवस्था विरोधी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई पुर्जी बिनै घरमा प्रहरी निगरानीमा राखेको पाइएको जनाएको छ ।
आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुवेदीलाई विना पुर्जी निजकै घरमा प्रहरी निगरानीमा राखिएको पाइएको जनाएको हो ।
शुक्रबार आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएको भनिएका सुवेदीलाई भेटेको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।
त्यसैगरी प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरूको उपचारको अवस्थाबारे पनि टोलीले विभिन्न अस्पतालमा पुगी जानकारी लिएको उनको भनाइ छ ।
आयोगले चैत १५ मा भएको तीनकुने घटनाका सम्बन्धमा छानबिन/अनुसन्धान कार्य जारी रहेको भन्दै आवश्यक सहयोग पुर्याउनसम्बद्ध सबैलाई आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
-
भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्यो : पाकिस्तान
-
भारत र पाकिस्तान तनाव : सैन्य शक्ति कसको बढी छ ?