राजावादी आन्दोलनका संयोजकलाई पुर्जी बिनै घरमा प्रहरी निगरानीमा राखेको पाइयो : आयोग
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले व्यवस्था विरोधी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई पुर्जी बिनै घरमा प्रहरी निगरानीमा राखेको पाइएको जनाएको छ ।
आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुवेदीलाई विना पुर्जी निजकै घरमा प्रहरी निगरानीमा राखिएको पाइएको जनाएको हो ।
शुक्रबार आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएको भनिएका सुवेदीलाई भेटेको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।
त्यसैगरी प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरूको उपचारको अवस्थाबारे पनि टोलीले विभिन्न अस्पतालमा पुगी जानकारी लिएको उनको भनाइ छ ।
आयोगले चैत १५ मा भएको तीनकुने घटनाका सम्बन्धमा छानबिन/अनुसन्धान कार्य जारी रहेको भन्दै आवश्यक सहयोग पुर्याउनसम्बद्ध सबैलाई आग्रह समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण