मोदीजी र मैले दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउने अठोट गर्यौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्ड भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट फलदायी रहेको बताएका छन् । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले सो भेटबाट प्रधानमन्त्री मोदीसमेत खुसी रहेको आफूले पाएको बताएका हुन् ।
उनले भने, ‘भेट अत्यन्त राम्रो र सुमधुर वातावरणमा मित्रता र हार्दिकताका साथ भयो ।’ उनले गत सेप्टेम्बरमा दुई नेताबिच पनि राम्रै कुराकानी भएको र बाहिर हल्ला गरेजस्तो कुनै समस्या नभएको स्पष्ट पारे । ‘नराम्रो केलाई भन्ने ? हामीले कुराकानी गर्यौँ, निकै फ्रेन्डली नै भएको थियो ।’
उनले यस पटक अझ व्यापक छलफल भएको चाहिँ स्वीकार गरे । ‘पारस्परिक लगानी, व्यापार, पञ्चेश्वरलगायतका विषयहरू, दोधारा चाँदनीबाट सिचाइलगायतका कुराहरूमा छलफल भए । दुई पक्षीय पारस्परिक हितका विषयमा पनि कुराकानीहरू भए ।यी व्यापक क्षेत्रमा कुराकानी भएका छन् ।’
प्रधानमन्त्री ओलीले आफूहरूले नेपाल भारत सम्बन्ध सम्बन्धलाई अझै विस्तृत, व्यापक र सुदृढ गर्दै लाने अठोट गरेको पनि सुनाए । त्यस्तै दुई छिमेकीबिच कुनै पनि सानातिना समस्या देखिए एक आपसमा संवाद गरिहाल्ने र टुङ्ग्याउने भन्ने गहिरो समझदारी गरेको पनि उनले जिकिर गरे ।
उनले भने, ‘यो भेटघाटबाट फलदायी रह्यो म खुसी छु । उहाँको कुराकानीबाट उहाँ पनि खुसी हुनुहुन्छ भन्ने पाएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण