नेतन्याहू र ट्रम्पबिच सोमबार भेटवार्ता हुने
जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले शनिबार जनाएको छ ।
इजरायली स्रोतलाई उद्धृत गर्दै उक्त च्यानलले भनेको छ, ‘दुई नेताले संयुक्त राज्य अमेरिकाले सबै व्यापारिक साझेदारहरूमाथि ट्रम्पको तथाकथित ‘पारस्परिक कर’ नीतिको एक भागको रूपमा इजरायली सामानहरूमा लगाएको १७ प्रतिशत अतिरिक्त करको बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ ।
इजरायली समाचार वेबसाइट वालाका अनुसार नेतन्याहू हङ्गेरीको भ्रमणपछि आइतबार बुडापेस्टबाट सीधै अमेरिका प्रस्थान गर्ने योजना छ । यद्यपि ह्वाइट हाउसको भ्रमण इजरायली अदालतले उनको भ्रष्टाचारको मुद्दाको आगामी सुनुवाइ स्थगित गर्न अनुमति दिएपछि हसन लागेको वालाले उल्लेख गरेको छ ।
ट्रम्पको घोषणाको अघिल्लो दिन इजरायलले संयुक्त राज्य अमेरिकाबाट आयात हुने सबै करहरू हटाएको थियो, तर यो कदमले ट्रम्पलाई इजरायलमाथि कर लगाउनबाट रोक्न सकेन।
करको मुद्दाका अतिरिक्त दुई नेताले इरानसँगको आणविक सङ्कट र गाजामा जारी द्वन्द्वबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण