जब पाकिस्तानी क्रिकेटर खुशदिल शाह समर्थकमाथि जाइलागे
काठमाडौँ । पछिल्लो समय पाकिस्तानी क्रिकेट एकपछि अर्को समस्यासँग जुधिरहेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पाकिस्तानी टोलीको प्रदर्शन निकै निराशाजनक छ ।
न्युजिल्यान्ड भ्रमणका क्रममा पनि पाकिस्तानी टोलीले लज्जास्पद प्रदर्शन गर्यो । पहिले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा ४–१ ले पराजित भएको पाकिस्तानी टोली तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पनि ३–० ले नै हार स्विकार्न बाध्य भयो ।
शनिबार खेलिएको तेस्रो एक दिवसीयमा घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानलाई ४३ रनले हरायो । एकपछि अर्को निराशाजनक प्रदर्शनपछि समर्थकहरू पनि पाकिस्तानी खेलाडीसँग रुष्ट भएका छन् । खेलपछि समर्थकहरुले आफ्ना खेलाडीलाई जिस्काउने र गाली गर्नेक्रम बढेको छ ।
यसैबिच, दोस्रो एकदिवसीयका क्रममा पनि पाकिस्तानी खेलाडी खुसदिल शाह समर्थकमाथि जाइलागेका छन् । खेलपछि खुसदिल शाहको चर्तिकला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । समाचारमा जनाइए अनुसार, खुसदिल शाह समर्थकसँग झगडा गर्न रेलिङ नाघेर अर्कोतर्फ पुगेका थिए ।
तर, सुरक्षाकर्मीले रोकेपछि उनी समर्थकनजिक पुग्न पाएनन् । खेल हेर्न आएका समर्थकले पाकिस्तानी टोलीको प्रदर्शनलाई लिएर खिल्ली उडाएपछि खुसदिल शाह आक्रोशित भएका थिए । त्यसपछि उनले समर्थकसँग झगडा गर्न रेलिङ नाघेका थिए ।
तर, औपचारिक रूपमा यस विषयमा केही बताइएको छैन । इमरान सिद्धकी नामका एक ‘एक्स’ युजरले आफ्नो पोष्टमा लागेका छन्, ‘खेल हेर्न आएका अफगानिस्तानका दुई युवाले पाकिस्तानी क्रिकेटरलाई निरन्तर होच्याउने काम गरिरहे । खुशदिल शाहले सुरुमा उनीहरूलाई सम्झाउने प्रयास गरे । तर, उनीहरू शान्त नभएपछि खुशदिल आक्रोशित भएका हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण