जब पाकिस्तानी क्रिकेटर खुशदिल शाह समर्थकमाथि जाइलागे

काठमाडौँ । पछिल्लो समय पाकिस्तानी क्रिकेट एकपछि अर्को समस्यासँग जुधिरहेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पाकिस्तानी टोलीको प्रदर्शन निकै निराशाजनक छ ।
न्युजिल्यान्ड भ्रमणका क्रममा पनि पाकिस्तानी टोलीले लज्जास्पद प्रदर्शन गर्यो । पहिले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा ४–१ ले पराजित भएको पाकिस्तानी टोली तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पनि ३–० ले नै हार स्विकार्न बाध्य भयो ।
शनिबार खेलिएको तेस्रो एक दिवसीयमा घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानलाई ४३ रनले हरायो । एकपछि अर्को निराशाजनक प्रदर्शनपछि समर्थकहरू पनि पाकिस्तानी खेलाडीसँग रुष्ट भएका छन् । खेलपछि समर्थकहरुले आफ्ना खेलाडीलाई जिस्काउने र गाली गर्नेक्रम बढेको छ ।
यसैबिच, दोस्रो एकदिवसीयका क्रममा पनि पाकिस्तानी खेलाडी खुसदिल शाह समर्थकमाथि जाइलागेका छन् । खेलपछि खुसदिल शाहको चर्तिकला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । समाचारमा जनाइए अनुसार, खुसदिल शाह समर्थकसँग झगडा गर्न रेलिङ नाघेर अर्कोतर्फ पुगेका थिए ।
तर, सुरक्षाकर्मीले रोकेपछि उनी समर्थकनजिक पुग्न पाएनन् । खेल हेर्न आएका समर्थकले पाकिस्तानी टोलीको प्रदर्शनलाई लिएर खिल्ली उडाएपछि खुसदिल शाह आक्रोशित भएका थिए । त्यसपछि उनले समर्थकसँग झगडा गर्न रेलिङ नाघेका थिए ।
तर, औपचारिक रूपमा यस विषयमा केही बताइएको छैन । इमरान सिद्धकी नामका एक ‘एक्स’ युजरले आफ्नो पोष्टमा लागेका छन्, ‘खेल हेर्न आएका अफगानिस्तानका दुई युवाले पाकिस्तानी क्रिकेटरलाई निरन्तर होच्याउने काम गरिरहे । खुशदिल शाहले सुरुमा उनीहरूलाई सम्झाउने प्रयास गरे । तर, उनीहरू शान्त नभएपछि खुशदिल आक्रोशित भएका हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रममा निजी क्षेत्रको प्रतिक्रिया : ‘नीति तथा कार्यक्रम सकारात्मक ,कार्यान्वयनमा जोड दिनुपर्छ’
-
किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्युबारे परराष्ट्र मन्त्रालयले के भन्यो ?
-
प्रधानमन्त्री र अजरबैजानका उपविदेशमन्त्रीबिच शिष्टाचार भेटवार्ता
-
७७ जना नयाँ इन्सपेक्टरको पदस्थापन, काे कहाँ ? (सूचीसहित)
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य