‘जनै हराएको बाहुन’ शुभमुहूर्त, सोमबारबाट फ्लोरमा
काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा कलाकार र प्राबिधिकको उपस्थितिमा फिल्मको मुहूर्त गरिएको हो ।
\कलाकार मिरुना मगर, सुशांक मैनाली, गौरव पहाडी र भोलाराज सापकोटाले फिल्मको मुहूर्त सर्ट दिए । फिल्मको छायांकन सोमबारदेखि काभ्रेपलान्चोकको पनौतीबाट सुरु हुनेछ ।
हिमाल न्यौपानेको निर्देशन रहने फिल्ममा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ ।
पनौतीपछि पाल्पा र काठमाडौंमा छायांकन हुने फिल्ममा कथा, पटकथा र संवाद भानुभक्त ढकालको छ । पेपरक्लिप प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता विमल न्यौपाने हुन् । कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल, थानेश्वर गौतम र एस डि योगीको संगीत रहनेछ ।
फिल्मले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । फिल्मको छायांकन सेड्युल ४० दिन निर्धारण गरिएको छ । फिल्मको छायांकार नवीन गुरुङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण