म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
आइतबार, २४ चैत २०८१, १४ : ४६
यङ्गुन । भूकम्प प्रभावित म्यानमारमा वर्षातका कारण पीडितहरूको उद्धार चुनौतीपूर्ण बनेको छ । देशका केही हिस्सामा सप्ताहान्तमा वर्षात भएको थियो । यसले राहतको प्रयासलाई थप कठिन बनाउने र रोगको संक्रमणको खतरा बढाउन सक्ने चिन्ता बढेको छ ।
मार्च ८ मा गएको शक्तिशाली भूकम्पमा परेर मर्नेको सङ्ख्या बढेर ३ हजार ४१ जनामा पुगेको छ । त्यस्तैगरी, अरू २१४ जना अझै बेपत्ता छन् भने ४ हजार ६७१ जना घाइते छन् ।
बेमौसमी वर्षा र चरम गर्मीका कारण हैजा जस्ता महामारी फैलाउन सक्ने सहयोग एजेन्सीहरूले चेतावनी दिएका छन् । कयौँ मानिस अझै पनि खुला आकाशमा बस्न बाध्य भएकोले अरू टेन्ट चाहिएको संयुक्त राष्ट्र सङ्घका सहायता प्रमुख टम फ्लेचरले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा भनेका थिए ।
छिमेकी थाइल्यान्डमा पनि भूकम्पमा परेर मर्नेको सङ्ख्या २४ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण