स्वास्थ्य संस्थाहरूमा औषधि अभाव
जनकपुर । मधेस प्रदेशका सरकारी स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयअन्तर्गतका स्वास्थ्य आपूर्ति केन्द्रमा पटकपटक निर्देशक परिवर्तन भएसँगै विवाद उत्पन्न हुँदा हुँदा औषधि खरिद हुननसकेको बताइएको छ ।
औषधि अभाव भएपछि विपन्न वर्गका बिरामीहरू समस्यामा परेका छन् । हाल प्रादेशिक अस्पतालहरूले आन्तरिक स्रोतबाट अत्यावश्यक औषधि खरिद गरेर सेवा सञ्चालन गरे पनि सरकारले तोके अनुसार निःशुल्क औषधि बिरामीलाई उपलब्ध गराउन सकेको छैन ।
मधेस प्रदेशको १३६ स्थानीय तहमा प्रयोगशाला स्थापना गरेकोे प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आवश्यक किट नभएका कारण थप समस्या भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा श्रवण मिश्रलाई हटाइएको थियो । मिश्र उच्च अदालत जनकपुरधामको आदेश पछि पुनः जिम्मेवारीमा फर्किएका छन् ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा औषधि आपूर्तिका लागि प्रक्रिया अगाडि बढाइ सकिएको र चाँडै आपूर्ति हुने मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए । सरकारले उपलब्ध गराउने ९८ प्रकारका औषधिमध्ये आधा पनि उपलब्ध गराउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण