बागमती प्रदेश अल्पाइन स्पोर्टस्मा राजेन्द्रको अध्यक्षतामा नयाँ नेतृत्व
काठमाडौँ । बागमती प्रदेश अल्पाइन स्पोर्टस् फेडरेसनको अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन् । फेडरेसनको साधारणसभाले विजय थापालाई उपाध्यक्ष, विकास लामालाई सचिव र गोविन्द गुरुङलाई कोषाध्यक्षमा निर्वाचित गरेको छ ।
थुप्तेन लामा सदस्यमा निर्वाचित भएका छन् । नौ सदस्यीय कार्यसमितिमा एक उपाध्यक्ष र एक सदस्य अध्यक्षले मनोनयन गर्ने प्रावधान रहेको छ । बाँकी दुईजना सदस्य भने बागमती प्रदेश खेलकुद विकास परिषद्ले तोक्ने प्रावधान छ ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले अमृत श्रेष्ठलाई उपाध्यक्ष र मनिषा बुढालाई सदस्यमा मनोनयन गरेको फेडरेसनले जनाएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले मनोनीत गर्ने दुई सदस्यको पद भने रिक्त रहेको छ ।
बागमती प्रदेश खेलकुद विकास परिषद्की सदस्य दीप्ति क्षेत्री, अल्पाइन स्पोर्टस् फेडरेसनका अध्यक्ष गोविन्द भट्टराई, नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे र महासंघका उपाध्यक्ष रोमनाथ ज्ञवालीलगायतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण