राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
सोमबार, २५ चैत २०८१, १० : ५०
काठमाडौँ । राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।
दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने तय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा मुलुकमा विकसित भएको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिकाको बारेमा छलफल हुनेछ ।
यस्तै तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरूको रिहाइको बारेमा समेत छलफल हुने उनको भनाइ छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनकुने घटनाको बारेमा निष्पक्ष छानबिन हुनुपर्ने र पक्राउ परेकाहरूको रिहाइ गर्नुपर्ने यसअघि नै धारणा सार्वजनिक गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण