राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
सोमबार, २५ चैत २०८१, १० : ५०

काठमाडौँ । राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।
दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने तय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा मुलुकमा विकसित भएको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिकाको बारेमा छलफल हुनेछ ।
यस्तै तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरूको रिहाइको बारेमा समेत छलफल हुने उनको भनाइ छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनकुने घटनाको बारेमा निष्पक्ष छानबिन हुनुपर्ने र पक्राउ परेकाहरूको रिहाइ गर्नुपर्ने यसअघि नै धारणा सार्वजनिक गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?