मेस्सीको कीर्तिमानी गोलले हारबाट जोगियो इन्टर मियामी
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले गरेको कीर्तिमानी गोलका कारण उनको क्लब इन्टर मियामी मेजर लिग सकर (एमएलएस) को सोमबार सम्पन्न खेलमा हारबाट जोगिएको छ । इन्टर मियामी उक्त खेलमा टोरन्टो एफसीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
उक्त खेलमा दुबै गोल पहिलो हाफमै भएको थियो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा टोरन्टो एफसीका लागि फेड्रिको बेनार्डेस्चीले पहिलो गोल गरेका थिए । इन्जुरी समयको पाँचौँ मिनेटमा मेस्सीले आकर्षक गोल गर्दै इन्टर मियामीलाई बराबरीमा पु¥याएका थिए ।
खेलको दोस्रो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन । उक्त खेल इन्टर मियामीको घरेलु मैदानमा खेलिएको थियो । टोरन्टोविरुद्ध गोल गरेसँगै मेस्सीको नाममा अर्को कीर्तिमान लेखिन पुगेको छ । उनी इन्टर मियामीका लागि सबैभन्दा बढी गोल गर्ने र सबैभन्दा बढी गोलमा गोलमा योगदान पु¥याउने खेलाडी बनेका छन् ।
उनले गोन्जालो हिग्वेनको कीर्तिमानलाई तोडेका हुन् । यसअघि यो कीर्तिमान अर्का अर्जेन्टिनी स्ट्राइकर हिग्वेनको नाममा थियो । ३७ वर्षीय हिगवेनले सन् २०२० देखि सन् २०२२ सम्म इन्टर मियामीबाट खेलेका थिए ।
सन् २०२३ मा इन्टर मियामीमा आबद्ध भएका ३७ वर्षीय मेस्सीले क्लबका लागि ४४ गोलमा योगदान गरेका थिए । समकालीन विश्व फुटबलको महान खेलाडीमध्येका एक मेस्सीले २४ गोल आफैले गरेका छन् भने २० गोलका लागि पास उपलब्ध गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण