चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर
सोमबार, २५ चैत २०८१, १४ : १६

गण्डकी । पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बीउ अनुदानमा उपलब्ध गराएको छ ।
महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
चैते धान खेतीतर्फ कृषकहरूको आकर्षण बढाउने उद्देश्यका साथ विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आइएको बताउँदै उनले यस वर्ष पनि प्रतिरोपनी रु ५ सयका दरले प्रोत्साहन रकम उपलब्ध गराइने जानकारी दिए ।
महानगरपालिकाअन्तर्गत वडा नम्बर २६, २७, १४, १५ लगायतका वडामा कृषकले चैते धान खेती गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ नेतृत्व आइसक्दा पनि एनआरएनए विवादसम्बन्धी मुद्दा विचाराधीन
-
संस्था बचाउनका लागि एनआरएनए अध्यक्षमा मैले त्याग गरेँः शर्मा
-
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
-
कांग्रेस निकट महेश श्रेष्ठ एनआरएनए ‘एकता महाधिवेशन’बाट अध्यक्ष चयन, कार्यसमितिमा को–को ? (सूचीसहित)
-
प्रचण्डले बोलाए पदाधिकारी बैठक
-
१४ बलको त्यो अद्भुत उपलब्धि...