दादुराका कारण अमेरिकामा दोस्रो बालकको मृत्यु
वासिङ्टन डीसी । अमेरिकामा दादुराका कारण एक बालकको मृत्यु भएको छ । पश्चिम टेक्सासमा दादुराको प्रकोप बढ्दै गर्दा यसका कारण दोस्रो बालकको पनि मृत्यु भएको हो ।
मृत्यु हुने बालकलाई दादुरा विरुद्धको खोप लगाइएको थिएन । बालक विद्यालय जाने उमेरको भएको र उनमा कुनै पनि स्वास्थ्य समस्या नभएको बताइएको छ ।
दादुराका कारण समस्या जटिल हुँदै गएपछि बालकलाई अस्पतालमा भर्ना गरिएको यूएमसी हेल्थ सिस्टमका उपाध्यक्ष आरोन डेभिसले बीबीसीलाई भने । उपचारको क्रममा बालकको मृत्यु भएको हो ।
आइतबार अमेरिकाका स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी टेक्ससको भ्रमणमा गएका थिए । हालैका हप्तामा अमेरिकामा दादुराका कारण तेस्रो व्यक्तिको मृत्यु भएको समयमा केनेडी टेक्सस पुगेका थिए । मार्चको सुरुमा न्यु मेक्सिकोमा एक वयस्कको पनि दादुराकै कारण मृत्यु भएको थियो ।
यतिबेला अमेरिकाले ३० वर्षयताकै सबैभन्दा खराब दादुराको प्रकोप भोगिरहेको छ । टेक्ससमा मात्रै दादुरा सङ्क्रमितको सङ्ख्या ४८० पुगेको छ । प्रकोप छिमेकी राज्यमा समेत सरेको छ । यो वर्षको अहिलेसम्मको अवधिमा अमेरिकामा ६०० भन्दा धेरै दादुरा सङ्क्रमित भेटिइसकेका छन् । गएको वर्षको सोही अवधिमा यो सङ्ख्या २८५ मात्रै थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण