राजतन्त्रको अन्त्य भइसक्यो, अब जिउँदो भएर आउँदैन : लेखराज भट्ट
कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको सोमबार अत्तरियामा आयोजित १४ औँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा सचिव भट्टले राजतन्त्रको अन्त्य भइसकेकाले अब राजतन्त्र जिउँदो भएर आउन नसक्ने बताएका हुन् । उनले वर्तमान लोकतान्त्रिक गणतन्त्रमा केही कमी कमजोरीहरू रहेको स्वीकार गर्दै ती कमजोरीको समीक्षा गरेर सुधार गर्न आवश्यक रहेको बताए ।
सचिव भट्टले समस्याको समाधान संवाद र छलफलबाटै हुने उल्लेख गर्दै इतिहासले यिनै उपायबाट समाधान निकालेको देखाएको बताए । वर्तमान सरकारले विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ थियो ।
स्थानीय सरकारमार्फत पूर्वाधार विकास तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै सचिव भट्टले १५ दिन लाग्ने काम एक दिनमै सकिने अवस्था आएको बताए ।
फास्ट ट्रयाक जस्ता ठूला परियोजनाले गति लिइरहेको जिकिर गर्दै सचिव भट्टले पञ्चायतकालमा भएका विकास निर्माण र अहिले भएका कामको तथ्याङ्कका आधारमा समीक्षा गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण