राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा बिरोधसभाको आयोजना गरेको छ । राप्रपाको प्रदर्शअघि तिनवटै सुरक्षा निकायका प्रमुखहरुले उपत्यकामा कार्यरत सुरक्षा प्रमुखहरुसँग छलफल गरेका छन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित छलफलमा आईजीपी दीपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।
सुरक्षा प्रमुखहरुको बैठकमा तिनवटै सुरक्षा निकायले ‘एकिकृत’ सुरक्षा व्यवस्था मिलाउने र सुरक्षा ग्याप हुन नदिने निर्णय भएको छ । बैठकमा सहभागी प्रहरीका एकजना उच्च अधिकृत भन्छन्, ‘सुचना तलसम्म सेयर गर्ने र सुचनाको ग्याप हुन नदिने निर्णय गरिएको छ ।’
बल प्रयोग गर्नुपर्ने अवस्था आएमा सिलसिलेबार बल प्रयोग गर्ने र काठमाडौंको तीनकुनेमा चैत १५ मा भएको जस्तो कमजोरी हुन नदिनेबारे छलफल भएको ति अधिकृतले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले प्रदर्शन शान्तिपुर्ण र अहिंसात्मक हुने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा भएको छलफलपछि सशस्त्र प्रहरी बलको उपत्यका हेर्ने नम्बर–९ पशुपति बाहिनीका डीआईजी सुरेश श्रेष्ठ र उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले इन्स्पेक्टर र सोभन्दा माथिका अधिकृतहरुलाई ब्रिफिङ गरेका छन् । नेपाल पुलिस क्लवमा आयोजित ब्रिफिङमा उनिहरुले सुरक्षा कमजोरी हुन नदिन निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण