स्वस्थ हावा स्वस्थ शरीर
मङ्गलबार, २६ चैत २०८१, १२ : ०३

के भएको होला,
मेरो वरिपरिको हावा !
सफा पनि छैन,
स्वस्थ पनि छैन !
हामी बल्ल सोच्ने होला,
जीवन बर्बाद हुने बेला !
जंगलको डढेलोले हो कि
गाडीको धुवाले पो हो !
पानी नपरेर हो कि,
निर्माणको समय परेर पो हो !!
म ठान्छु यी सबै कुरा भएरै हो,
हामीमा जनचेतना नभएरै हो !
अब ढिला भइसक्यो,
मेरो र सबैको स्वास्थ्य जोखिममा परिसक्यो !
लौन अब सबै जना सचेत बनौँ,
हावा दूषित बनाउने कारकहरु जानौँ !
स्वस्थ हावा नै हो स्वस्थ शरीरको आधार ।
अनि पो ल्याउँछ खुसीको बहार !
आजदेखि हामी सबै स्वस्थ जीवन रोजौँ,
कत्ति पनि ढिलो होइन सफा हावा खोजौँ !
मिलिजुली काम गरौँ,
जनस्वास्थ्यको रक्षा गरौँ !!
...
सम्पदा स्कुल
कक्षा ५
सानेपा, ललितपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लवले भेटे झलनाथ खनाल
-
ग्वार्को ओभरपास उद्घाटनमा तामझाम, सर्वसाधारणलाई जामैजाम (तस्बिरहरू)
-
ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– बहुआयामिक र चौतर्फी विकास गर्दैछौँ
-
भद्रगोल पोखरा महानगर : सञ्चालकसँग सम्पन्न प्रमाणपत्र छ, महालेखाको प्रतिवेदनमा छैन !
-
डोटी जिप दुर्घटना अपडेट : चालकसहित ३ जनाको मृत्यु
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)