काठमाडौँ विश्वविद्यालयमा अखिल (क्रान्तिकारी)ले थाल्यो रिले अनशन
काठमाडौँ । अखिल (क्रान्तिकारी)ले काठमाडौँ विश्वविद्यालयमा रिले अनशन थालेको छ। विभिन्न मागहरू अघि सारेर आन्दोलन गर्दै आएको क्रान्तिकारीले बुधवारबाट अनिश्चितकालिन रिले अनशन थालेको हो ।
ठोस पदार्थ केही पनि नखाने र तरल पदार्थ मात्र खाने गरी रिले अनसन थालिएको हो । अखिल (क्रान्तिकारी)ले काठमाडौँ विश्वविद्यालयमा विगत तीन दिनदेखि विरोध प्रदर्शन गर्दै आएको छ ।
सोमबार विश्वविद्यालयको गेटमा अगाडि विद्यार्थीहरूले मुखमा टेप टाँसेर हातमा पम्पलेट बोकेर प्रदर्शन गरेका थिए । विद्यार्थी कल्याण परिषद्को चुनाव प्रत्यक्ष प्रणाली मार्फत गरिनुपर्ने, छात्रवृत्तिबाट वञ्चित गरिएका फार्मेसी विभागका २ ब्याचलाई छात्रवृत्ति प्रदान गरिनुपर्ने, विद्यार्थी कल्याण परिषद्को अधिकार बन्द गरिनुपर्ने र विश्वविद्यालयको नियम विपरीत गरिएका नियुक्ति खारेज गरिनुपर्ने माग राखेर क्रान्तिकारीले आन्दोलन गर्दै आएको छ।
अखिल (क्रान्तिकारी) काठमाडौँ विश्वविद्यालय राष्ट्रिय समितिका संयोजक सन्तोष बुढाथोकीले विश्वविद्यालयले माग पुरा नगर्दासम्म आन्दोलन जारी रहने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण