नार्क र भारतीय कृषि प्रतिनिधिमण्डलबिच छलफल
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का पदाधिकारीहरू र भारत सरकारका कृषि प्रतिनिधिबिच छलफल भएको छ । खुमलटारस्थित परिषद्को सभा हलमा कृषि क्षेत्रमा भएका प्रविधिबारेमा छलफल भएको हो ।
नार्कका कार्यकारी निर्देशक डा.दोजराज खनालले हालसम्म कृषि प्रविधि विकासमा गरेका प्रगति प्रस्तुत गर्दै नेपाल र भारतका अनुसन्धानकर्मी र संस्थाहरूबिचको आपसी समन्वयले यस क्षेत्रको कृषि विकासमा उल्लेख सुधार भएको बताए ।
आगामी दिनमा यो समन्वयलाई विद्यमान समझदारीको समयानुकूल नवीकरण गर्दै अघि बढाउन जरुरी रहेको उनको धारणा छ । भारतीय कृषि अनुसन्धान परिषद्का उपमहानिर्देशक डा.देवेन्द्रकुमार यादवले भारतले हालसालै हासिल गरेका उपलब्धिहरूको बारे उल्लेख गरे ।
उनले दुई देशका अनुसन्धानकर्मीबिचको समन्वय र सहकार्य आगामी दिनमा झन् विस्तार हुने विश्वास व्यक्त गरे । भारतीय कृषि विभागको तर्फबाट डा. सामुएल प्रवीण कुमारले डिजिटल युगमा कृषिलाई व्यवस्थित बनाउनुपर्ने बताए ।
भारतीय कृषि अनुसन्धान परिषद्का मुख्य वैज्ञानिक डा.ए.के. मिश्राले नयाँ परिवेशमा नार्क र भारतीय कृषि अनुसन्धान परिषद्बिच थप समन्वयका क्षेत्रहरू पहिचान गरी आपसी समझदारीलाइ उचाइमा पुर्याउन भारतीय पक्ष तयार रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण