पत्रकारलाई थुन्ने कानुन अस्वीकार्य : युनियन अध्यक्ष लम्साल
काठमाडौँ । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारलाई समाचार लेखेकै आधारमा थुन्ने कानुन अस्वीकार्य रहेको बताएका छन् । फेडेरेसन अफ नेपाली जर्नालिष्ट्स (फोनिज) को लुम्बिनीमा आजदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष लम्सालले भने, ‘पत्रकारलाई समाचार लेखेकै आधारमा थुन्ने प्रयास भइरहेका छन्। यो अस्वीकार्य छ ।’
उनले नेपालमा अझै पनि मिडियामा समावेशिता पर्याप्त रूपमा स्थापित हुन नसकेको बताए । साना मिडिया र स्वरोजगारमुखी सञ्चार प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको लम्सालको भनाइ थियो ।
वर्तमानमा देखिएको न्यु मिडियाको चुनौतीलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउँदै लम्सालले भने, ‘सामाजिक सञ्जाल र न्यु मिडियाको विस्तारसँगै आएका चुनौतीलाई व्यवस्थापन गर्न नीतिगत काम हुनुपर्छ, तर प्रेस स्वतन्त्रता सीमित गर्ने ढङ्गले कानुन बन्नु हुँदैन।’
सरकारले ल्याउन लागेको आमसञ्चार विधेयक वा सामाजिक सञ्जालसम्बन्धी विधेयकले पत्रकारलाई स्वतन्त्र रूपमा काम गर्न सक्ने वातावरण सुनिश्चित गर्नुपर्ने लम्सालको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण