भारतमा धुलोयुक्त तीव्र आँधी
काठमाडौं । शुक्रबार साँझ दिल्लीका विभिन्न भागहरूमा धुलोयुक्त तीव्र आँधी चलेको छ। आँधीको कारण केही ठाउँहरूमा रुख ढलेर सवारीसाधनमा क्षति पुगेको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार मण्डी हाउस क्षेत्रमा आँधीले रुख ढलेर एक सर्भिस लेनमा पार्क गरिएको सवारीसाधनमा ठूलो क्षति पुर्याएको छ । मौसम विभागका अनुसार आँधीको गति ४० देखि ८० किमी प्रति घण्टासम्म पुग्ने अनुमान गरिएको छ ।
भारतीय मौसम विभागका अनुसार हरियाणा राज्यका करनाल, पानीपत, गोहाना, सोनीपत, झज्जर, रेवाड़ी लगायतका स्थानहरूमा तथा उत्तर प्रदेशका मेरठ, हापुडलगायतका स्थानमा वर्षा हुने सम्भावना छ ।
त्यस्तै, हरियाणाका हिसार, भिवानी, महेन्द्रगढ र उत्तर प्रदेशका मुजफ्फरनगर, सादाबाद तथा राजस्थानका कोटपुतली, लक्ष्मणगढ़ लगायतका ठाउँहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
शुक्रबार बिहानैदेखि दिल्लीमा बादलले आकाश ढाकेको थियो र मौसम विभागले आँधीसहितको वर्षाको पूर्वानुमान गरिसकेको थियो । साँझपख मौसम परिवर्तन भई हल्का दिल्ली वर्षा सुरु पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण