भारतमा धुलोयुक्त तीव्र आँधी

काठमाडौं । शुक्रबार साँझ दिल्लीका विभिन्न भागहरूमा धुलोयुक्त तीव्र आँधी चलेको छ। आँधीको कारण केही ठाउँहरूमा रुख ढलेर सवारीसाधनमा क्षति पुगेको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार मण्डी हाउस क्षेत्रमा आँधीले रुख ढलेर एक सर्भिस लेनमा पार्क गरिएको सवारीसाधनमा ठूलो क्षति पुर्याएको छ । मौसम विभागका अनुसार आँधीको गति ४० देखि ८० किमी प्रति घण्टासम्म पुग्ने अनुमान गरिएको छ ।
भारतीय मौसम विभागका अनुसार हरियाणा राज्यका करनाल, पानीपत, गोहाना, सोनीपत, झज्जर, रेवाड़ी लगायतका स्थानहरूमा तथा उत्तर प्रदेशका मेरठ, हापुडलगायतका स्थानमा वर्षा हुने सम्भावना छ ।
त्यस्तै, हरियाणाका हिसार, भिवानी, महेन्द्रगढ र उत्तर प्रदेशका मुजफ्फरनगर, सादाबाद तथा राजस्थानका कोटपुतली, लक्ष्मणगढ़ लगायतका ठाउँहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
शुक्रबार बिहानैदेखि दिल्लीमा बादलले आकाश ढाकेको थियो र मौसम विभागले आँधीसहितको वर्षाको पूर्वानुमान गरिसकेको थियो । साँझपख मौसम परिवर्तन भई हल्का दिल्ली वर्षा सुरु पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु
-
जलनमा परेका विपन्न नागरिकको निःशुल्क उपचार गरिने
-
डेडिकेटेड र ट्रंकलाइन बक्यौता: पुनरवलोकनका लागि ४६ उद्योगले दिए निवेदन
-
कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन
-
बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ?
-
५६ करोड ७१ लाख बिगो माग गरिएका थापा ३ लाख धरौटीमा रिहा