दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
शुक्रबार, २९ चैत २०८१, २३ : ०१

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आफ्नो सङ्गठनका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न आग्रह गरेको छ । शुक्रबार महाअभियानका सङ्गठन विभागका सचिव प्रेमदिप लिम्बुले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।
उनले संयुक्त जनआन्दोलन परिचालन समितिका जनकमाण्डर समेत रहेका अध्यक्ष प्रसाईंले देश र जनताको हितका लागि मानवअधिकार कर्मी, नागरिक समाज र कानुनविदहरुको सल्लाहअनुसार स्वइच्छाले गिरफ्तारी दिएको समेत बताएका छन् । उनले प्रहरी प्रशासनले ज्यादती गरेको जनाउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन् ।
साथै अध्यक्ष प्रसाईंको जीवन रक्षाको माग समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी
-
सभामुखमाथि टिप्पणी गर्नेलाई योगेशको प्रश्न : एक पटक ऐनामा अनुहार हेर्ने कि ?
-
इरानी क्षेप्यास्त्र आक्रमणका कारण तेल अभिभमा १२ जना घाइते
-
देश बनाउन प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा
-
धरानबाट २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार
-
भोजपुरको साम्पाङमा विद्युत् सेवा विस्तार