दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
शुक्रबार, २९ चैत २०८१, २३ : ०१
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आफ्नो सङ्गठनका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न आग्रह गरेको छ । शुक्रबार महाअभियानका सङ्गठन विभागका सचिव प्रेमदिप लिम्बुले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।
उनले संयुक्त जनआन्दोलन परिचालन समितिका जनकमाण्डर समेत रहेका अध्यक्ष प्रसाईंले देश र जनताको हितका लागि मानवअधिकार कर्मी, नागरिक समाज र कानुनविदहरुको सल्लाहअनुसार स्वइच्छाले गिरफ्तारी दिएको समेत बताएका छन् । उनले प्रहरी प्रशासनले ज्यादती गरेको जनाउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन् ।
साथै अध्यक्ष प्रसाईंको जीवन रक्षाको माग समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण