ट्रम्पका विशेष दूतसँग पुटिनको चार घण्टा वार्ता
शनिबार, ३० चैत २०८१, ११ : ३८

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले शुक्रबार सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन्। क्रेमलिनले बैठक चार घण्टाभन्दा बढी समय चलेको र युक्रेनबारे सम्झौताका पक्षहरूमा केन्द्रित रहेको बताएको छ।
रुसमा भएको यो बैठकअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा रुस(युक्रेन युद्धको बारेमा एउटा पोस्ट गरेका थिए ।
ट्रम्पले लेखेका थिए, ‘रुसले अब कदम चाल्नु आवश्यक छ। हजारौँ मानिसहरू, हरेक हप्ता एउटा भयानक र अर्थहीन युद्धमा मरिरहेका छन् ( एउटा यस्तो युद्ध जुन कहिल्यै हुनुहुँदैनथ्यो, र यदि म राष्ट्रपति भएको भए कहिल्यै हुने थिएन !!’
रुसी राष्ट्रपति पुटिनका विशेष दूत किरिल दिमित्रीभले यस वर्ष पुटिनसँग विटकफको तेस्रो वार्तालाई ‘उत्पादक’ भनेर व्याख्या गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव
-
युके पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ
-
आरआर क्याम्पसको स्ववियुले पायो वैधानिकता