ट्रम्पका विशेष दूतसँग पुटिनको चार घण्टा वार्ता
शनिबार, ३० चैत २०८१, ११ : ३८
मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले शुक्रबार सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन्। क्रेमलिनले बैठक चार घण्टाभन्दा बढी समय चलेको र युक्रेनबारे सम्झौताका पक्षहरूमा केन्द्रित रहेको बताएको छ।
रुसमा भएको यो बैठकअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा रुस(युक्रेन युद्धको बारेमा एउटा पोस्ट गरेका थिए ।
ट्रम्पले लेखेका थिए, ‘रुसले अब कदम चाल्नु आवश्यक छ। हजारौँ मानिसहरू, हरेक हप्ता एउटा भयानक र अर्थहीन युद्धमा मरिरहेका छन् ( एउटा यस्तो युद्ध जुन कहिल्यै हुनुहुँदैनथ्यो, र यदि म राष्ट्रपति भएको भए कहिल्यै हुने थिएन !!’
रुसी राष्ट्रपति पुटिनका विशेष दूत किरिल दिमित्रीभले यस वर्ष पुटिनसँग विटकफको तेस्रो वार्तालाई ‘उत्पादक’ भनेर व्याख्या गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण