नागरिकको आवश्यकतालाई सम्बोधन गर्नुपर्छ : सभापति बानियाँ
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले तीन तहका सरकारले नागरिकका आवश्यकता र मागलाई सम्बोधन गर्न सक्नुपर्ने बताएका छन् । उनले नागरिकका आवश्यकता र चाहनाअनुरूप विकाससँगै सेवा प्रवाहमा काम गर्न सके पार्टी सङ्गठन बलियो बन्ने उनले बताए ।
कांग्रेस मकवानपुर प्रतिनिधिसभा २ (ख) का पार्टी प्रतिनिधि र जनप्रतिनिधिबिचको मनहरी ८ को आमाघर आश्रममा शनिबार भएको अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्दै नेता बानियाँले आगामी बजेटमा स्थानीय तहले नागरिकको मागलाई सम्बोधन गर्ने गरी प्राथमिकीकरण गर्नुपर्ने बताए । उनले स्थानीय तहले आगामी बजेटमा शिक्षा, स्वास्थ्य र विकास निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए ।
राप्रपाको सानो झुन्डले बोकेर हिँडेको सामन्ती सोचको राजा प्रजातान्त्रिक हुन नसक्ने सभापति बानियाँले दाबी गरे । उक्त विषयलाई नेपाली जनताले नपत्याउने उनको भनाई छ । सभापति बानियाँले गणतन्त्रमा नागरिक भइसकेको राजालाई केही अराजक झुन्डले बोकेर मालिक बनाउन लागिपरिरहेको आरोप लगाए ।
उनले सङ्गठन सुदृढीकरण र विस्तारमा लाग्न अगुवा कार्यकर्तालाई निर्देशन दिए । नेता बानियाँले सरकारमा पुगेर मात्र पार्टी बलियो नबन्ने भन्दै जनताका आवश्यकता स्वास्थ्य, शिक्षा र रोजगारीमा जोड दिनुपर्ने बताए । उनले पार्टीलाई नयाँ गतिमा लान जनताको समस्या हल गर्दै विकास निर्माणमा लाग्न जरुरी रहेको औँल्याए ।
कार्यक्रममा पार्टी र जनप्रतिनिधिबिचको सम्बन्ध, स्थानीय समस्या, विकास निर्माण र कांग्रेसको भावी रणनीति बारे कांग्रेस मकवानपुरका वडा सभापति, पदाधिकारीहरू, अगुवा कार्यकर्ता र जनप्रतिनिधिबिच अन्तरसंवाद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण