नागरिकको आवश्यकतालाई सम्बोधन गर्नुपर्छ : सभापति बानियाँ

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले तीन तहका सरकारले नागरिकका आवश्यकता र मागलाई सम्बोधन गर्न सक्नुपर्ने बताएका छन् । उनले नागरिकका आवश्यकता र चाहनाअनुरूप विकाससँगै सेवा प्रवाहमा काम गर्न सके पार्टी सङ्गठन बलियो बन्ने उनले बताए ।
कांग्रेस मकवानपुर प्रतिनिधिसभा २ (ख) का पार्टी प्रतिनिधि र जनप्रतिनिधिबिचको मनहरी ८ को आमाघर आश्रममा शनिबार भएको अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्दै नेता बानियाँले आगामी बजेटमा स्थानीय तहले नागरिकको मागलाई सम्बोधन गर्ने गरी प्राथमिकीकरण गर्नुपर्ने बताए । उनले स्थानीय तहले आगामी बजेटमा शिक्षा, स्वास्थ्य र विकास निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए ।
राप्रपाको सानो झुन्डले बोकेर हिँडेको सामन्ती सोचको राजा प्रजातान्त्रिक हुन नसक्ने सभापति बानियाँले दाबी गरे । उक्त विषयलाई नेपाली जनताले नपत्याउने उनको भनाई छ । सभापति बानियाँले गणतन्त्रमा नागरिक भइसकेको राजालाई केही अराजक झुन्डले बोकेर मालिक बनाउन लागिपरिरहेको आरोप लगाए ।
उनले सङ्गठन सुदृढीकरण र विस्तारमा लाग्न अगुवा कार्यकर्तालाई निर्देशन दिए । नेता बानियाँले सरकारमा पुगेर मात्र पार्टी बलियो नबन्ने भन्दै जनताका आवश्यकता स्वास्थ्य, शिक्षा र रोजगारीमा जोड दिनुपर्ने बताए । उनले पार्टीलाई नयाँ गतिमा लान जनताको समस्या हल गर्दै विकास निर्माणमा लाग्न जरुरी रहेको औँल्याए ।
कार्यक्रममा पार्टी र जनप्रतिनिधिबिचको सम्बन्ध, स्थानीय समस्या, विकास निर्माण र कांग्रेसको भावी रणनीति बारे कांग्रेस मकवानपुरका वडा सभापति, पदाधिकारीहरू, अगुवा कार्यकर्ता र जनप्रतिनिधिबिच अन्तरसंवाद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम आतङ्कवादी हमलामा ज्यान गुमाएका सुदीपका परिवारसँग नेपालस्थित भारतीय राजदूतावासका प्रतिनिधिको भेट
-
गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ
-
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
ठिमीमा जेसुम यात्रा : संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन