फाइनलमा कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य
काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा आइतबार कुवेतले नेपाललाई जितका लागि एक सय ७५ रनको लक्ष्य दिएको छ । टस हारी ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७४ रन बनाएको हो ।
कुवेतका लागि ओपनर ब्याट्सम्यान रविजा सन्दरुवानले अर्धशतकीय पाली खेले । रविजाले ६३ रन बनाए । उनले यसक्रममा केवल ३६ बलको सामना गरी चार छक्का र ६ चौका हिर्काए । अर्का ओपनर क्लिन्टो एन्टोले पनि २७ रन जोडे । नेपाली टोलीका बलर सोमपाल कामी र नन्दर यादवले दुई–दुई विकेट लिए । करण केसी र कुशल भुर्तेलले पनि एक–एक विकेट हात पारे ।
लिग चरणमा नेपाल पहिलो र कुवेत दोस्रो हुँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् । नेपालले तीनमध्ये दुई खेलमा जित हात पारेको थियो । नेपाल र हङ्कङबिचको खेल भने वर्षाका कारण अनिर्णित रुपमा सकिएको थियो ।
यसैगरी, कुवेतले तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । लिग चरणको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको थियो । जारी शृंखलामा नेपाल र कुवेत दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । जारी शृंखलामा आयोजक हङ्कङ भने तेस्रो भयो । तेस्रो स्थानका लागि आइतबार नै खेलिएको खेलमा हङ्कङले कतारमाथि एक रनको रोमाञ्चक जित हासिल गर्यो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कतारले भने निर्धारित ओभरमा पाँच विकेट गुमाए एक सय ८७ रनमात्र बनाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नागरिकमा विकल्पविहीनताको स्थितिले निराशा व्याप्त भयो, असर देखिन थालिसक्यो’
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइयो
-
चिया क्षेत्रको अध्ययन प्रतिवेदन मन्त्रीलाई बुझाइयो, भारतको अवरोध समाधानमा जोड
-
अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण