एउटा पाठो, दुई महिलाको दाबीः प्रहरीले यसरी सुल्झायो विवाद

काठमाडौँ । बाख्राको एउटा पाठोलाई लिएर दुई महिलाले दाबी गरेपछि प्रहरीले निकै चलाखीपूर्ण तरिका अपनाएर विवाद सुल्झाएको छ । विवाद भारतको उत्तर प्रदेश राज्यको कानपुरस्थित कल्याणपुर थानामा शनिबार भएको हो ।
गोवा गार्डन निवासी चन्द्रादेवीको घरमा रहेको बाख्राले २० दिन अघि पाठो जन्माएको थियो । पाठो बिरामी भएपछि चन्द्रादेवीका पति सुमनले उपचारका लागि लैजाँदै गर्दा मीनाकुमारी नाम गरेकी महिलाले बाटोमै रोकिन् ।
भारतीय सञ्चारमाध्यम ‘आजतक’को अनलाइन संस्करणमा उल्लेख भए अनुसार मीनाकुमारीले उक्त पाठो आफ्नो रहेको दाबी गरिन् । सुमनले पत्नीलाई खबर गरे । तुरुन्तै चन्द्रादेवी पनि त्यहाँ आइपुगिन् । चन्द्रादेवी र मीनाकुमारीले उक्त पाठोमाथि दाबी छाडेनन् ।
विवाद बढेपछि प्रहरीको कन्ट्रोल रुममा खबर गरियो । कल्याणपुर थानाबाट प्रहरीको टोली आयो र पाठोसहित दुवै पक्षलाई थानामा लग्यो । त्यसपछि प्रहरीले चन्द्रादेवी र मीनाकुमारीलाई आ–आफ्ना बाख्रा ल्याउन भनियो ।
दुवैले आफ्ना बाख्रालाई प्रहरी थानामा ल्याए । चन्द्रादेवीको बाख्रा सेतो र मीनाकुमारीको बाख्रा कालो थियो । पाठोको रङ भने सेतो र कालो थियो । दुवैका बाख्रालाई अलग–अलग बाँधियो । त्यसपछि पाठोलाई छाडियो ।
केहीबेर उफ्रिएको पाठो यताउता हेर्न थाल्यो । त्यसपछि सेतो बाख्रातिर लम्किँदै दुध चुस्न थाल्यो । इन्स्पेक्टर सुधीर कुमारले तत्कालै निर्णय सुनाए– यो पाठो चन्द्रादेवीकै बाख्राको हो ।
उनले भने, ‘मानिस होस् या जनावर, आफ्नो आमालाई अवश्य चिन्दछन् ।’ मीनाकुमारीले पनि प्रहरीको उक्त निर्णयलाई स्वीकार गरिन् । केही दिनअघि सेतो र कालो रङको यस्तै पाठो आफ्नो घरबाट हराएकाले त्यही हो कि भनेर आफूले दाबी गरेको मीनाकुमारीको भनाइ थियो ।
चन्द्रादेवीले पनि आफ्नो घरबाट पाठो हराएर बाटोमा कसैले लैजाँदै गरेको देखेको भए सायद आफूले पनि यसैगरी दाबी गर्ने थिएँ होला भन्दै विषयलाई सामान्य रूपमा लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य