नेपाल ल क्याम्पसमा वैशाख ८ गते स्ववियु निर्वाचन हुने

काठमाडौँ । प्रदर्शनी मार्गमा रहेको नेपाल ल क्याम्पसमा आगामी वैशाख ८ गते स्ववियु निर्वाचन हुने भएको छ । स्ववियु निर्वाचन समितिले वैशाख ८ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको कार्यतालिका अनुसार २०८२ वैशाख २ गते सङ्घ/सङ्गठन/समूह दर्ताको मिति तोकिएको छ । २ गतेदेखि सुरु हुने निर्वाचन कार्यतालिका ८ गते बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मतदान पश्चात् सकिनेछ ।
उच्च अदालत पाटनले नेपाल ल क्याम्पसमा यथाशीघ्र निर्वाचन सम्बन्धी कार्य गर्नु गराउन भनी अन्तरिम आदेश जारी गरेको थियो । चैत २७ गते गत न्यायाधीशद्वय श्यामकुमार भट्टराई र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेका थिए ।
रुपेश खनाल लगायतले ल क्याम्पसमा यथाशीघ्र स्ववियु निर्वाचनको माग गर्दै मुद्दा हालेका थिए । चैत ५ गतेका लागि तोकिएको निर्वाचन नभएको र उक्त निर्वाचन स्थगन गर्नुपर्ने वस्तुनिष्ठ कारण खुलाएको नदेखिएको र त्रिभुवन विश्वविद्यालयले १५ दिनभित्र निर्वाचन गर्ने गरी मिति तोकेको समेत नदेखिएको भन्दै यथाशीघ्र निर्वाचन गराउन अदालतको अन्तरिम आदेश थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षपछि ‘टोल ट्याक्स’ बिउँताउँदै सरकार
-
देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम
-
यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक, के-के भयो ?
-
नेप्से परिसूचकमा लगातार गिरावट
-
ठुलो संरचनात्मक क्रमभंगता नगरे देशलाई सङ्कटबाट बचाउन सकिँदैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ