नेपाल ल क्याम्पसमा वैशाख ८ गते स्ववियु निर्वाचन हुने
काठमाडौँ । प्रदर्शनी मार्गमा रहेको नेपाल ल क्याम्पसमा आगामी वैशाख ८ गते स्ववियु निर्वाचन हुने भएको छ । स्ववियु निर्वाचन समितिले वैशाख ८ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको कार्यतालिका अनुसार २०८२ वैशाख २ गते सङ्घ/सङ्गठन/समूह दर्ताको मिति तोकिएको छ । २ गतेदेखि सुरु हुने निर्वाचन कार्यतालिका ८ गते बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मतदान पश्चात् सकिनेछ ।
उच्च अदालत पाटनले नेपाल ल क्याम्पसमा यथाशीघ्र निर्वाचन सम्बन्धी कार्य गर्नु गराउन भनी अन्तरिम आदेश जारी गरेको थियो । चैत २७ गते गत न्यायाधीशद्वय श्यामकुमार भट्टराई र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेका थिए ।
रुपेश खनाल लगायतले ल क्याम्पसमा यथाशीघ्र स्ववियु निर्वाचनको माग गर्दै मुद्दा हालेका थिए । चैत ५ गतेका लागि तोकिएको निर्वाचन नभएको र उक्त निर्वाचन स्थगन गर्नुपर्ने वस्तुनिष्ठ कारण खुलाएको नदेखिएको र त्रिभुवन विश्वविद्यालयले १५ दिनभित्र निर्वाचन गर्ने गरी मिति तोकेको समेत नदेखिएको भन्दै यथाशीघ्र निर्वाचन गराउन अदालतको अन्तरिम आदेश थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण