एमआरपी मूल्य उल्लेख नगरी वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
आइतबार, ३१ चैत २०८१, २० : १८
काठमाडौँ। एमआरपी मूल्य उल्लेख नगरि वस्तु बिक्री गरेका भेटिए पछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक पसललाई २ लाख जरिवाना तिराएको छ ।
विभागले आइतबार काठमाडौं महानगरपालिका–२२ मा रहेको आनन्द ट्रेडर्सलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) सहित लेबल नलगाई सामान बेचेको भन्दै २ लाख जरिवाना तिराएको जनाएको छ ।
अनुगमनमा पुगेको विभागको टोलीले ७ वटा पसललाई कारबाही गरेको जनाएको छ।
जसमध्ये बूढानीलकण्ठस्थित ट्रियु फार्मेसिया र द स्किन फार्मेसीलाई कस्मेटिक्स तथा न्युट्रास्युटिकल्सका सामग्रीको बिक्री रोक्का गरेको छ ।
यस्तैआरके सुज कलेक्सनलाई सामान्य निर्देशन दिएको छ। साथै मधुगंगा इन्टरप्राइजेज, मित्रलाल पौडेल र सजिलो रेन्टललाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण