एमआरपी मूल्य उल्लेख नगरी वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
आइतबार, ३१ चैत २०८१, २० : १८

काठमाडौँ। एमआरपी मूल्य उल्लेख नगरि वस्तु बिक्री गरेका भेटिए पछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक पसललाई २ लाख जरिवाना तिराएको छ ।
विभागले आइतबार काठमाडौं महानगरपालिका–२२ मा रहेको आनन्द ट्रेडर्सलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) सहित लेबल नलगाई सामान बेचेको भन्दै २ लाख जरिवाना तिराएको जनाएको छ ।
अनुगमनमा पुगेको विभागको टोलीले ७ वटा पसललाई कारबाही गरेको जनाएको छ।
जसमध्ये बूढानीलकण्ठस्थित ट्रियु फार्मेसिया र द स्किन फार्मेसीलाई कस्मेटिक्स तथा न्युट्रास्युटिकल्सका सामग्रीको बिक्री रोक्का गरेको छ ।
यस्तैआरके सुज कलेक्सनलाई सामान्य निर्देशन दिएको छ। साथै मधुगंगा इन्टरप्राइजेज, मित्रलाल पौडेल र सजिलो रेन्टललाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा
-
चीन-भारत जोड्ने कालीगण्डकी कोरिडोर छेउको रूपसे झरनामा धमाधम पर्यटकीय पूर्वाधार निर्माण
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?
-
अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा
-
दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी