भारतको ग्वालियरस्थित होटलमा देह व्यापार, नेपाली महिला पक्राउ
सोमबार, ०१ वैशाख २०८२, १० : १८
काठमाडौँ । भारतको ग्वालियरस्थित एक होटलमा देह व्यापार भइरहेको सूचनाका आधारमा स्थानीय प्रहरीले छापा मारेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले उक्त होटेलको मेनेजर पदमा कार्यरत नेपाली युवती र दुई ग्राहकलाई पक्राउ गरेको छ ।
पक्राउ परेकी नेपाली युवतीको पहिचान सार्वजनिक गरिएको छैन ।
विश्वविद्यालय थाना क्षेत्रस्थित कैलाश नगरस्थित होटल स्मार्ट हवेली इनमा प्रहरीले छापा मारेको बताइएको छ । उक्त होटलका सञ्चालक दीपक शर्माको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त होटलमा फेला परेका ६ युवतीको बयान लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । होटलका सञ्चालक, मेनेजर र दुई ग्राहकविरुद्ध देह व्यापारसम्बन्धी कसुरमा उजुरी दर्ता गरी कारबाही थालिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण