भारतको ग्वालियरस्थित होटलमा देह व्यापार, नेपाली महिला पक्राउ
सोमबार, ०१ वैशाख २०८२, १० : १८

काठमाडौँ । भारतको ग्वालियरस्थित एक होटलमा देह व्यापार भइरहेको सूचनाका आधारमा स्थानीय प्रहरीले छापा मारेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले उक्त होटेलको मेनेजर पदमा कार्यरत नेपाली युवती र दुई ग्राहकलाई पक्राउ गरेको छ ।
पक्राउ परेकी नेपाली युवतीको पहिचान सार्वजनिक गरिएको छैन ।
विश्वविद्यालय थाना क्षेत्रस्थित कैलाश नगरस्थित होटल स्मार्ट हवेली इनमा प्रहरीले छापा मारेको बताइएको छ । उक्त होटलका सञ्चालक दीपक शर्माको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त होटलमा फेला परेका ६ युवतीको बयान लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । होटलका सञ्चालक, मेनेजर र दुई ग्राहकविरुद्ध देह व्यापारसम्बन्धी कसुरमा उजुरी दर्ता गरी कारबाही थालिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब फर्म जारी रहे एमोरिमले युनाइटेड छाड्ने
-
एमाले महासचिव पोखरेलले दाबी गरेजस्तै छ त सरकारको उपलब्धि ?
-
सडकबाटो बिग्रिएपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
-
बुद्ध जयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
-
सर्वोच्चमा थुप्रिँदै अदालतको अवहेलना मुद्दा
-
प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि...