रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगार श्रृङ्खलामा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश जारी गर्दै मन्त्री भण्डारीले नेपालको श्रम बजारको विकास र विस्तारमा समग्र रोजगार श्रृङ्खलामा गुणात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
गत फागुनमा सम्पन्न श्रम तथा रोजगार सम्मेलनमा आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरिएको थियो । आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजनलाई थप प्रभावकारी र नतिजामूलक तवरबाट कार्यान्वयन गरिने उनको भनाई छ ।
नेपालको श्रम तथा रोजगार सेवामा रुपान्तरकारी कार्याहरूको सुरुवात गर्ने घोषणा गरेका छन् । आगामी १० वर्षभित्र बाध्यकारी तवरले नेपाली वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
नयाँ वर्ष २०८२ देखि नै आर्थिक विकासमा योगदान गर्ने, सेवा प्रवाहमा सुधार गर्ने लगायत रोजगार योग्य वातावरण सिर्जना गर्न मन्त्रालय जिम्मेवार बनेर काम गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण