बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय

अक्षर पटेललाई १२ लाख रुपैयाँ जरिवाना

सोमबार, ०१ वैशाख २०८२, १४ : ४३
सोमबार, ०१ वैशाख २०८२

नयाँ दिल्ली । दिल्ली क्यापिटल्सका कप्तान अक्षर पटेललाई ‘स्लो ओभर रेट’ को कारण १२ लाख रुपैयाँ जरिवाना गरिएको छ। आइतबार दिल्लीको अरुण जेटली क्रिकेट स्टेडियममा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबिच खेलिएको खेलमा ढिलो ओभर गरेका कारण उनलाई यो जरिवाना लगाइएको हो।

बीसीसीआईले आफ्नो विज्ञप्तिमा यो आईपीएल आचारसंहिताको धारा २.२२ अन्तर्गत यस सिजनमा पटेलको टोलीको पहिलो अपराध भएको बताएको छ । त्यसैले पटेललाई १२ लाख रुपैयाँ जरिवाना गरिएको हो।

यस खेलमा दिल्ली क्यापिटल्सले हार बेहोर्नुपरेको थियो। दिल्ली क्यापिटल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गर्दै मुम्बई इन्डियन्सले २० ओभरमा २०५ रन बनाएको थियो। जवाफमा यो लक्ष्य पछ्याउँदा दिल्ली एक समय जित्ने स्थितिमा थियो तर मुम्बईका बलरहरूले खेललाई आफ्नो पक्षमा पारे र १२ रनले जित हासिल गरे। 

आईपीएल २०२५ को सिजनमा ढिलो ओभरको लागि फरक(फरक कप्तानलाई जरिवाना गरिएको यो छैटौँ पटक हो। हालसम्म राजस्थान रोयल्सलाई दुई पटक, मुम्बई इन्डियन्स, लखनऊ सुपर जायन्ट्स, रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सलाई एक(एक पटक जरिवाना गरिएको छ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप