अक्षर पटेललाई १२ लाख रुपैयाँ जरिवाना
नयाँ दिल्ली । दिल्ली क्यापिटल्सका कप्तान अक्षर पटेललाई ‘स्लो ओभर रेट’ को कारण १२ लाख रुपैयाँ जरिवाना गरिएको छ। आइतबार दिल्लीको अरुण जेटली क्रिकेट स्टेडियममा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबिच खेलिएको खेलमा ढिलो ओभर गरेका कारण उनलाई यो जरिवाना लगाइएको हो।
बीसीसीआईले आफ्नो विज्ञप्तिमा यो आईपीएल आचारसंहिताको धारा २.२२ अन्तर्गत यस सिजनमा पटेलको टोलीको पहिलो अपराध भएको बताएको छ । त्यसैले पटेललाई १२ लाख रुपैयाँ जरिवाना गरिएको हो।
यस खेलमा दिल्ली क्यापिटल्सले हार बेहोर्नुपरेको थियो। दिल्ली क्यापिटल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गर्दै मुम्बई इन्डियन्सले २० ओभरमा २०५ रन बनाएको थियो। जवाफमा यो लक्ष्य पछ्याउँदा दिल्ली एक समय जित्ने स्थितिमा थियो तर मुम्बईका बलरहरूले खेललाई आफ्नो पक्षमा पारे र १२ रनले जित हासिल गरे।
आईपीएल २०२५ को सिजनमा ढिलो ओभरको लागि फरक(फरक कप्तानलाई जरिवाना गरिएको यो छैटौँ पटक हो। हालसम्म राजस्थान रोयल्सलाई दुई पटक, मुम्बई इन्डियन्स, लखनऊ सुपर जायन्ट्स, रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सलाई एक(एक पटक जरिवाना गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण