पल शाहको निर्माणमा ‘यानीमाया’ घोषणा
काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा एक दशकदेखि चर्चामा रहेका नायक पल शाह अब निर्माता बन्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो फिल्मको घोषणा गरिएको छ ।
पल शाह फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको नाम ‘यानीमाया’ राखिएको छ । यो फिल्मलाई विकास सुवेदीले निर्देशन गर्दैछन् । विकासले फिल्म ‘प्रकाश, पुजार सार्की र महाभोज’को कथा लेखेका थिए । यही फिल्मबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।
फ्यामिली ड्रामा कथामा आधारित रहेर यो फिल्म बन्नेछ । फिल्मको स्क्रिप्ट पनि निर्देशक विकास सुवेदीले नै लेखेका हुन् । विकासले लेखेका तीन फिल्म पनि सामाजिक कथावस्तुमै तयार भएका थिए । उनले आफ्नै स्टाइलको फिल्म बनाउन लागेको जानकारी दिए ।
नायक पल शाहले पनि पल शाह फिल्मस्लाई दर्शकहरूले निकै माया दिएको भन्दै अब आफू फिल्म निर्माणमा अगाडि बढेको बताए । उनले फिल्म निर्माणमा पनि दर्शकहरूबाट अपार माया र साथ पाउने विश्वास व्यक्त गरेका छन् ।
फिल्मको छायाङ्कन असारबाट सुरु गरिने जानकारी निर्माणपक्षले दिएको छ । फिल्ममा कलाकारहरू फाइनल गर्न बाँकी रहेको निर्देशक सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण