अपडेट
सुनसरीमा गोली चल्यो
सोमबार, ०१ वैशाख २०८२, २० : ३४
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चेलेको छ । सोमबार साँझ अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीम बहादुर दाहालका अनुसार घटना सुनसरी सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा साँझ ६ः४५ बजे भएको हो ।
उनका अनुसार अज्ञात समूहले मोटरसाइकलमा आएर तीन राउन्ड गोली प्रहार गरेको थियो ।
गोली प्रहारबाट शिव कुमार महतो घाइते भएका छन् । उनलाई कम्मरदेखि मुनि गोली लागेको छ। घटनाको कारण र अभियुक्तहरूको पहिचान सम्बन्धी थप अनुसन्धान भइरहेको दाहालले बताए ।
शिव कुमारको भने नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण